न्यु डायमण्ड र पुलिसको विजयी सुरुवात, कर्णालीको दोस्रो हार
पुरुषतर्फ आज चार खेल हुँदै
पाेखरा | जेठ ९, २०८२
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो र तेस्रो सेट क्रमशः २५–१० को जित निकाल्यो ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । तीन जना थाइल्याण्डका खेलाडी सम्मिलित एभरेष्टलाई पुलिसले २५–१९, २५–१८ र २५–१८ ले पराजित ग¥यो ।
आज नै पुरुषतर्फ चार खेल हुनेछ । अहिले पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

